समाचार

सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

काठमाडौं । सरकारले सबै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि देशभरका सात वटै प्रदेशमा प्रशिक्षण सुविधासहितको रंगशाला बनाउने नीति ल्याइएको जानकारी दिइन् । गैँडाकोटमा विपि कोइराला...

नीति तथा कार्यक्रम : घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने

काठमाडौं । सरकारले घाटा बेहोरिरहेका सार्वजनिक संसथान निजी क्षेत्रलाई जिम्मा दिने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएकी हुन् । राष्ट्रपति भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने...

२३७ केजी गाँजासहित ६ जना प्रहरीको फन्दामा

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ३७ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई मंगलबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ...

नीति तथा कार्यक्रम : आगामी २ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको समाधान गरिने

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै सो कुरा बताएकी हुन् । विपन्न परिवारलाई संरक्षण गरेर गरिबीको दुष्चक्रबाट बाहिर ल्याउने नीति अख्तियार गरिने भएको छ ।...

सरकारले स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने

काठमाडौं । नेपाल सरकारले स्वदेशमा नै भ्याक्सिान उत्पानद गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष नीति तथा कार्यक्रममा अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको जानकारी दिएकी हुन् । राष्ट्रपति...

२८ लाख ठगेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सामाजिक​ सञ्जाल हवाट्स एप, इमो, बोटिम र भाइबरको दुरुपयोग गरेर आफु कम्बोडियाको क्यासिनोमा कार्यरत रहेको...

फेरी सर्यो नवौं राष्ट्रिय खेलकुदको मिति

काठमाडौं । यही जेठ महिनाको २२ देखि २८ गतेसम्मको लागि तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरी सरेको छ । मंगलवार युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको जानकारी दिएको हो । खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको...

मंगलबार दोहोरो अंकले बढ्यो शेयरबजार

काठमाडौं । आज साताको तेस्रो एवम् शेयर कारोबारको दोस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले बढेको छ । स्थानीय तहको निर्वाचनपछि लगातार ओरालो लागेको शेयरबजारमा आज केही सुधार आएको हो । मंगलबार शेयरबजार ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । आज...

दूध बोक्ने गाडीको ठक्करबाट रेग्मीको मृत्यु

काठमाडौं । काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र ०१–०२६ च २१५१ नम्वरको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएकोे प्रहरीले जनाएको छ...

गुडिरहेको कारमा आगलागी

बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र २–०२–००१ च ०१६५ नम्वरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय...