गुडिरहेको कारमा आगलागी

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार ०९:५५

बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र २–०२–००१ च ०१६५ नम्वरको कारमा आगलागी भएको हो ।

आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन ।

लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५स्३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६स्०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।