२३७ केजी गाँजासहित ६ जना प्रहरीको फन्दामा
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ३७ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाएको छ ।
