सरकारले स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने
काठमाडौं । नेपाल सरकारले स्वदेशमा नै भ्याक्सिान उत्पानद गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष नीति तथा कार्यक्रममा अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको जानकारी दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले पशुपक्षीमा हुने गम्भीर किसिमका महामारी नियन्त्रण गरिने पनि नीति लिएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ । त्यसैगरी करिव ३ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ ।’
