समाचार

माओवादीको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही जेठ २० गते बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्चुअलमार्फत बस्ने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । माओवादीले यही १८ र १९ गते देशैभरका स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित भएका जनपतिनिधिलाई प्रशिक्षण दिएलगतै २० गतेका लागि बैठक...

नेपाल अडिटर्स एसोसिएसन बागमतीको अध्यक्षमा पुनः बर्तौला

मकवानपुर । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः निर्वाचित भएका छन् । अडानको बुधबार हेटौंडामा सम्पन्न छैठौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी, संस्थाको उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली तथा...

७४५ पालिकाको मतगणना सम्पन्नः कहाँ कुन दलको नेतृत्व ?

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत देशैभरका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकामा नेतृत्व गरेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी...

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ दर्जन बढी घाइते

काठमाडौँ । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी २४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ...

शैक्षिक क्षेत्रको विकासमा डटेर काम गर्छौँ: नगर प्रमुख विष्ट

मकवानपुर । थाहा नगरपालिकाको नवनिर्वाचित मेयर विष्णुबहादुर विष्टले शैक्षिक क्षेत्रको विकासमा डटेर काम गर्ने बताएका छन् । पालुङ बहुमुखी क्याम्पसले बुधबार आयोजना गरेको नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै मेयर विष्टले सो कुरा बताएका हुन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विष्टले पालुङ क्याम्पसको मुल समस्या...

प्रहरी हिरासतमा मृत भेटिए कुँवर

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला भेटिएका छन् । कोहलपुर नगरपालिका वडा नम्वर १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका अनुसार, कुँवर थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई...

आज नेप्से १४ अंकले बढ्दा १ अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब...

पाँच सचिवको सरुवा (नामावलीसहित)

काठमाडौं । सरकाले पाँच जना सचिवको सरुवा गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो । सरुवा हुनेमा रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा...

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो । बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई यही जेठ १८ र १९ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको...

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी विद्यालयमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टेक्सस राज्यस्थित एक प्राथमिक...