समाचार

काठमाडौं मतगणना : बालेनलाई २० हजारको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायमै राखेका छन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ३४ हजार १८० मत र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई...

बसको ठक्करबाट प्रहरी कर्मचारी र म्यादीको मृत्यु

झापा । झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान को १ ख ७१८७ नम्वरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेहरू मोरङको पथरी शनिश्चरे नगरपालिका...

संसदीय समितिलाई प्रभावकारी बनाउन पहल गर्छु : सभामुख श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श बढाउने बताएका छन् । यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मकवानपुरको हेटौंडामा गरेको सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भूमिका विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा सभामुख श्रेष्ठले...

बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

मकवानपुर । बागमती गाउँपालिकाका जनप्रतिनिधिले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् । लगत्तै...

आज मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेकी हुन् । सरकारले बजेटमार्फत स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने...

हेटौंडा आएर माधव नेपालले कार्यकर्तालाई भनेः ‘हर्क साम्पाङ जस्तै बन्नुस्’

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताएका छन् । आज मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता...

हेटौंडा १७ मा प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । मङ्गलबार बसेको पहिलो वडा कार्यसमितिको बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरेको १७ नम्बर वडा अध्यक्ष उद्धव...

नीति तथा कार्यक्रम : विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएकी हुन् । राष्ट्रपति भण्डारीले ग्रामीण दूरसञ्चार...

आफ्नै आमाको हत्या गरेको आरोपमा सुवेदी पक्राउ

काठमाडौं । सुनसरीमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरकी ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा २५ वर्षीय सौगात सुवेदीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको...