समाचार
एम्बुलेन्स दुर्घटना हुँदा वृद्धाको मृत्यु
काठमाडौं । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्वरको एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्का रहेका छन् ।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
काठमाडौं । पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि खुद्रा ढुवानी सेवा बन्द गरेको ढुवानी व्यवसायी सङ्घ वीरगञ्जले जनाएको छ । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहनुका साथै बिहान प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ । महाशाखाका अनुसार, दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको...
स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी
काठमाडौं । निर्वाचन आयोगले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अझै चार वडा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको जनाएको छ । आयोगका अनुसार, अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको हो । देशभरका ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम भने सार्वजनिक...
दुर्घटनामा परेर चार जनाको मृत्यु
दैलेख । दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा बुधबार राति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्वरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का...
मकवानपुरमा कार्यपालिका सदस्य छान्न निर्वाचन हुँदै, कुन पालिकामा कहिले ?
मकवानपुर । मकवानपुर जिल्लाको १० वटै स्थानीय तहले आन्तरिक निर्वाचन प्रक्रियाबाट कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित ८ वटा गाउँपालिकाले कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरेका हुन् । थाहा नगरपालिकाले भने कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया टुंग्याइसकेको छ । कार्यपालिका निर्वाचनका लागि पालिकाभित्रका निर्वाचित प्रमुख,...
हेटौंडामा १७ जना उम्मेदवारको शुन्य मत (नामावलीसहित)
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरको विभिन्न पदका १७ जना उम्मेदवारले १ मत पनि पाएनन् । मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका संजय खरेल, प्रदिप ढकाल, र नेकपा समाजवादीका रोमनाथ भूर्तेलले मत नपाएका हुन् ।...
एक महिनाभित्र पाठ्यपुस्तकको छपाई सक्न सरकारलाई निर्देशन
काठमाडौं । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न पर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई...
पार्टीभित्रको अन्तर्घातले स्थानीय निर्वाचनमा सोचेअनुसारको नतिजा आएन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा सोचेअनुसारको नतिजा नआएको बताएका छन् । पार्टीको बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचनबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए । ‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ ।...
२५ लाख कित्ता बण्ड जारी गर्ने हिमालयन बैंकको तयारी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो । बैंकले त्यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ...







