यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
२०७९ जेष्ठ १२, बिहीबार ०९:०१
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहनुका साथै बिहान प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ । महाशाखाका अनुसार, दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
