समाचार

मेयर पदमा निर्वाचित भएपछि बालेनले भने– ‘काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिकाको व्यवस्थापनका लागि दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिंदै उनले अबको ५ वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिवद्धता जनाए । उनले आफ्नो...

बागमती प्रदेश : कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारीको माग

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकैपटक ६३ जना कर्मचारीको माग गरेको छ । मन्त्रालयले शुक्रबार नागरिक दैनिकमा सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी एकैपटक ६३ जना कर्मचारी माग गरेको हो । मन्त्रालयले अधिकृत सातौं स्तरका ३० जना र सहायक स्तरका पाँचौ तहका ३३ जना...

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । हाल पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार, नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेर बेपत्ता भएका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय...

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । बिहान ११ बजेदेखि सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आज दुई वटा बैठक बस्ने भएको प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, पहिलो बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न...

नेपाल एयरहोस्टेस एकेडेमीको एयर होस्टेस दीक्षित समारोह सम्पन्न

काठमाडौं । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औँ व्याचका ५५ एयर होस्टेस दीक्षित भएका छन् । काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुको विमान परिचारिका बन्ने वाटो खुल्ला भएको छ । उनीहरु सात महिना पहिले एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस...

बागमती प्रदेशसभा बैठक भोलि बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोली शुक्रबार बस्ने भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश हुने भएको हो । प्रदेशसभामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले...

मकवानपुरका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय निक्मा लामा, हेटौडा–१० घर भई हाल हेटौंडा–८ बस्ने ३१ वर्षीय राजेश बिक र मकवानपुरढी गाउँपालिका वडा नम्वर ७ घर भई हाल हेटौंडा–५ बस्ने २६ वर्षीय मानवीर थिङ रहेको जिल्ला प्रहरी कार्यालय...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता रञ्जु हजुर पाँडे लगायतले दायर...

बीमा कम्पनीहरु स्वीकृती लिएर आइतबार पनि खोल्न पाइने

काठमाडौं । बीमा समितिबाट स्वीकृत प्रदान गरेको कम्पनीहरुले आइतबार पनि खोल्न पाइने भएको छ । बीमा समितिले बीमितहरुको सुविधाको लागि आइतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा समितिबाट स्वीकृत लिएर खोल्न पाउने जनाएको छ । सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने...