समाचार

बाराबाट पक्राउ परे हेटौंडाका दुई जना

बारा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्तान र ३५ वर्षीय भुवन तितुङ्ग रहेका छन् । उनीहरु बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब ३५ किलो लागूऔषध गाँजासहित बिहीबार बिहान पक्राउ परेका हुन्...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा सिट्ठी जुलुस

मकवानपुर । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँसको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा शुक्रबार सिट्ठी जुलुस निकालिएको छ । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिट्ठी जुलुस निकालेका हुन् । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा चरणवद्ध आन्दोलनमा आज सिट्ठी जुलुस प्रर्दशन गरेको हो ।...

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १०...

प्रि बजेट पेश भएर बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर । आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि बजेट पेश भएर बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठक स्थगित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले अर्को बैठक भोलि विहान...

बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

मकवानपुर । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश भएको हो । सरकार संचालनका क्रममा अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री...

इन्द्र बानियाँले भने– स्थानीय निर्वाचनमा एमालेले दोबाटेसँग चुनावी गठबन्धन गर्यो

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाएका छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जो भेट्यो त्यहिसँग चुनावी तालमेल गरेको...

हेटौंडामा नै मृगौला प्रत्यारोपण सेवा सुरु गर्नेछौँ – मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै पाण्डेले हेटौंडा अस्पतालमा नै मृगौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए । त्यसका लागि धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग...

मन्त्रिपरिषद् बैठकः पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको कर घटाउने निर्णय गरेको छ । पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक...

माधव नेपालले भने– ‘हामी बालेनसँग सहकार्य गर्न तयार छौँ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउने सन्दर्भमा नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित भएका साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिए । ‘यहाँले...

स्थानीय निर्वाचनमा गठबन्धन दलहरुले सत्ताको चरम दुरुपयोग गरे–अष्टलक्ष्मी शाक्य

मकवानपुर । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्तारुढ गठबन्धनबाट सत्ताको चरम दुरुपयोग भएको बताइन् । ‘एमाले...