बाराबाट पक्राउ परे हेटौंडाका दुई जना
बारा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्तान र ३५ वर्षीय भुवन तितुङ्ग रहेका छन् ।
उनीहरु बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब ३५ किलो लागूऔषध गाँजासहित बिहीबार बिहान पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्वरको अटोलाई रोकी जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
