समाचार
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने भने संक्रमणका कारण...
एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठग्ने एक जना पक्राउ
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्रबहादुर बिक रहेका छन् । प्रहरीका अनुसार, आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज...
भीमफेदी ८ का नवनिर्वाचित वडाध्यक्षद्वारा पदभार ग्रहण
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ का नवनिर्वाचित वडा अध्यक्ष विष्णुबहादुर लामाले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत वडाध्यक्ष पदमा निर्वाचित लामाले बिहीबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेलगतै लामाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफुले...
राहदानी विभागले आइतबार पनि सेवा प्रवाह गर्ने
काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विभागका अनुसार, आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन...
बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौ दिन बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार १४ दशमलव ३७ अंकले अंकले बढेको नेप्से परिसूचक आज ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २०...
राष्ट्रियसभाका विभिन्न समितिमा सदस्य मनोनयन
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा...
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेश भएको छ । आजदेखि दुबै सदनमा छलफल प्रारम्भ भएसँगै विभिन्न दलका दुबै सदनका सांसदहरुले सदनमा संशोधन प्रस्ताव पेश गरेका हुन्...
अटोमेटिक पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्वर ८, बालकुमारीबाट प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते प्रस्तुत हुने भएको छ । संसद सचिवालयमा बिहीबार बसेको कार्य परामर्श तथा व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्का अनुसार, बागमती प्रदेशसभाको भोलि...
आजको प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्ने
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्ने भएका हुन् । आज संघीय संसद्अन्तर्गत दुवै सदनका बैठक बस्दै...









