भीमफेदी ८ का नवनिर्वाचित वडाध्यक्षद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १७:०४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ का नवनिर्वाचित वडा अध्यक्ष विष्णुबहादुर लामाले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत वडाध्यक्ष पदमा निर्वाचित लामाले बिहीबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगतै लामाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफुले वडाबाट गर्ने काममा कसैप्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने बताए । लामाले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

पदभार ग्रहण कार्यक्रममा निवर्तमान वडा सदस्य सुर्यबहादुर लो, निर्वाचित वडाका प्रतिनिधिहरु क्रमशः सीता थिङ, चमेली बिक, नवराज अधिकारी र राजकुमार स्याङ्तानलगायतको सहभागिता रहेको थियो ।