अटोमेटिक पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्वर ८, बालकुमारीबाट प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चार वटा बरामद गरेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
