आजको प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्ने

तु खबर संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार ०९:५३
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्ने भएका हुन् ।

आज संघीय संसद्अन्तर्गत दुवै सदनका बैठक बस्दै छन् । दुवै सदनको बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् ।

आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ ।