थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा हाल १२९ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
