पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा सिट्ठी जुलुस

तु खबर संवाददाता
२०७९ जेष्ठ १३,शुक्रबार १५:४१

मकवानपुर । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँसको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा शुक्रबार सिट्ठी जुलुस निकालिएको छ । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिट्ठी जुलुस निकालेका हुन् ।

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा चरणवद्ध आन्दोलनमा आज सिट्ठी जुलुस प्रर्दशन गरेको हो । मकवानपुर क्याम्पस, हेटौंडा क्याम्पसबाट निस्केको विद्यार्थीको सिट्ठी जुलुस बजारको परिक्रमा गरी बुद्धचोकमा पुगेर कोणसभामा परिण भएको थियो ।