मेयर पदमा निर्वाचित भएपछि बालेनले भने– ‘काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिकाको व्यवस्थापनका लागि दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिंदै उनले अबको ५ वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिवद्धता जनाए ।
उनले आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लाग्ने बताए ।
महानगरवासीले दिएको अत्याधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने, ‘नगरवासीले हामीलाई यहाँ पु¥याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’
