दुर्घटनामा परेर चार जनाको मृत्यु
दैलेख । दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा बुधबार राति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्वरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका छन् । बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
