नेपाल अडिटर्स एसोसिएसन बागमतीको अध्यक्षमा पुनः बर्तौला

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १७:१०

मकवानपुर । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः निर्वाचित भएका छन् । अडानको बुधबार हेटौंडामा सम्पन्न छैठौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी, संस्थाको उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली तथा कार्यसमिति सदस्यहरुमा मणिप्रसाद सुवेदी, तेजप्रसाद आचार्य, भेषराज कोइराला, मोहनप्रसाद पौडेल, निरन्जन पराजुली र इन्द्रमणि गैरे चयन भएका छन् ।

अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अडान बागमती प्रदेश उपाध्यक्ष देवीप्रसाद डल्लाकोटीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल, केन्द्रीय सचिव राजेन्द्रप्रसाद ढुंगाना, केन्द्रीय सदस्य प्रकाश ढकाललगायत नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश सदस्य सुदीप सिवाकोटीको आतिथ्यता रहेको थियो ।