२८ लाख ठगेको आरोपमा श्रेष्ठ पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सामाजिक सञ्जाल हवाट्स एप, इमो, बोटिम र भाइबरको दुरुपयोग गरेर आफु कम्बोडियाको क्यासिनोमा कार्यरत रहेको भन्दै उत्सव समेतका व्यक्तिहरुले ठगेका हुन् । अमेरिकाबाट सञ्चालित लटरीमार्फत ६ लाख २७ हजार युरो डलर परेको भनेर सो रकम पाउन ‘प्रोसेसिङ’ रकम चाहिने भनेर उनले आफ्नो खातामा सर्वसाधारणलाई रकम जम्मा गर्न लगाएका थिए । श्रेष्ठको ५ वटा बैंक खातामा २७ लाख ७९ हजार जम्मा भएको भेटिएपछि उनलाई सोर्हखुट्टेबाट पक्राउ गरिएको जनाइएको छ ।
