समाचार

हेटौंडामा मतगणना सम्पन्न, कुन वडामा कस्को नेतृत्व (नामावलीसहित)

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । गत बैशाख ३१ गतेदेखि सुरु भएको मतगणना कार्य शुक्रबार राति सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सम्पन्न मत गणना अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा निर्वाचित भएकी छिन् । लामो समय नेकपा...

रूखले सवारी साधन किच्दा तीन जनाको मृत्यु

चितवन । शुक्रबार साँझ आएको हावाहुरीले रूख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ सात बजे आएको हावाहुरीका कारण भरतपुर महानगर– ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूखले किचेको...

को हुन् उपमेयरमा विजयी भएका राजेश बानियाँ ?

हेटौंडा उपमहानगरपालिकाको उपमेयर गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी रहेको छ । ‘राजनीति पेशा होइन,समाज सेवा हो’ भन्ने मूल भावनाका साथ राजनीतिमा होमिएका व्यक्ति हुन्, राजेश बानियाँ । हेटौंडा–५, पिप्लेका स्थायी बासिन्दा रहेका उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र...

हेटौंडा ९ मा गठबन्धनका केसी विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ९ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका सुकराम केसी विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणप्रसाद भण्डारीले १ हजार ३४२ मत प्राप्त गरेका...

शासक होइन, सेवक भएर काम गर्छु – लामा

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभारसँगै लामाले गाउँपालिकाको समृद्धि र गाउँबासीको हित नै आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।  पालिकाबासीसँग बोलेका र प्रतिवद्धता व्यक्त गरेका कुरालाई सार्थक र कार्यान्यवन गरिने उनले बताए । उनले आफु शासक नभई सेवक बनेर काम...

हेटौंडा १३ को वडा अध्यक्षमा लामा विजयी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् । शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमान सिं मोक्तानलाई पराजित गरेका हुन् । लामाले १ हजार...

हेटौंडाको पहिलो महिला मेयर बनिन् मीना लामा

मकवानपुर । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला नगर प्रमुख (मेयर) पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा विजयी भएकी हुन् । यो समाचार तयार पार्दासम्म केही मत गणना गर्न बाँकी रहेको...

हेटौंडा ९ को अध्यक्षमा गठबन्धनका केसी निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को मतगणना सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार, हेटौंडा ८ को वडाध्यक्ष पदमा सुकराम केसी निर्वाचित भएका छन् । केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । केसीले अर्का प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण प्रसाद भण्डारीलाई ९८०...

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम पेश हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले १० गते संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने भएकी हुन् । संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता,...

बागमती गाउँपालिकाको अध्यक्षमा सर्केश घलान निर्वाचित

मकवानपुर । बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सर्केश घलान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मत गणना अनुसार, घलान ७ हजार ३८४ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घलानले अर्का प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित...