हेटौंडा १३ को वडा अध्यक्षमा लामा विजयी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् ।
शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमान सिं मोक्तानलाई पराजित गरेका हुन् ।
लामाले १ हजार ३१५ मत प्राप्त गर्दा आइमानले १ हजार २२४ मत प्राप्त गरेका हुन् ।
