हेटौंडा ९ मा गठबन्धनका केसी विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ९ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका सुकराम केसी विजयी भएका छन् ।
शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणप्रसाद भण्डारीले १ हजार ३४२ मत प्राप्त गरेका छन् ।
