धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

तु खबर संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १७:१९

काठमाडौं । सिरहाको अर्नमा गाउँपालिका वडा नम्वर १ महनौरमा शनिबार राति धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको छ । हत्या हुनेमा स्थानीय ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पाल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकको बाबु–छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो । विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु–छोराको हत्या भएको हो । मृतक सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।