निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलन स्थगित
काठमाडौं । निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा जानकारी दिन आयोजना हुने नियमित पत्रकार सम्मेलन भोलिदेखि नहुने भएको हो । आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आएको थियो ।
