ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडौं । कैलालीमा ट्याक्टर र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा से १ त ६८२७ नम्वरको ट्याक्टरले सु.प.प्र ०१–००८ प १७८३ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, ट्याक्टरको ठक्करबाट कंडेलको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, सोही दुर्घटनामा परेर स्कुटर पछाडि सवार लम्कीचुहा नगरपालिका–७ बस्ने २५ वर्षीया जमुना सिंह घाइते छिन् । उनको उपचार माया मेट्रो अस्पताल धनगढीमा भइरहेको छ । प्रहरीले ट्याक्टर चालक गौरीगंगा नगरपालिका–७ बस्ने २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
