थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।
