धारिलो हतियार प्रयोग गरी हत्याको आरोपमा दुई पक्राउ
२०७९ जेष्ठ १०, मंगलवार ०८:३८
बारा । धारिलो हतियार प्रयोग गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले बाराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा प्रहरीका अनुसार, उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।
