आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।
