आज यी प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार ०९:००
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।