समाचार

साताको पहिलो दिन ३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । केही दिनदेखि लगायतगिरावट आएको नेप्से परिसूचक आज पनि घटेको हो । आज नेप्से ३७ अंकले घटेर १९३४.११ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा...

हेटौंडाका घिमिरे पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट ५ ग्राम लागूऔषध खैरोहिरोईनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ३४ वर्षीय निराजन घिमिरे रहेको छन् ।...

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार...

मकवानपुर तामाङ कलाकार संघद्वारा नवनिर्वाचित जनप्रतिनिधि सम्मानित

मकवानपुर । मकवानपुर तामाङ कलाकार संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका सबै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । मकवानपुरको विभिन्न पालिकाका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा सदस्यहरुलाई बधाई तथा...

मोटरसाइकलको ठ्रक्करबाट मगरको मृत्यु

महोत्तरी । महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापा मगर रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १० प २०६६ नंको मोटरसाइकलले ठक्कर...

मन्दिरमा विवाह गर्न जन्म दर्ता प्रमाणपत्र अनिवार्य

जुम्ला । कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्न जाँदा जन्म दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको जनाएको छ । पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा...

हात्तीको आक्रमणबाट मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नम्वर १५ की ५० वर्षीया टङ्क सोडारी रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रहरीका अनुसार, कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा उनको मृत्यु...

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ । आयोगले अघिल्लो चुनावभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै उक्त रकमको बजेट लाग्ने जनाएको हो । आयोगले आगामी कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य...

हेटौंडा उपमहानगरपालिकाले चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१५ मा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणको लागि जग्गा उपलब्ध गराउने भएको छ । उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले पूर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी...