हेटौंडाका घिमिरे पक्राउ

तु खबर संवाददाता
२०७९ असार ५,आईतवार १५:२७

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट ५ ग्राम लागूऔषध खैरोहिरोईनसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ३४ वर्षीय निराजन घिमिरे रहेको छन् । घिमिरेलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागूऔषधसहित शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।