मकवानपुर तामाङ कलाकार संघद्वारा नवनिर्वाचित जनप्रतिनिधि सम्मानित

तु खबर संवाददाता
२०७९ असार ५,आईतवार १०:२३

मकवानपुर । मकवानपुर तामाङ कलाकार संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका सबै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

मकवानपुरको विभिन्न पालिकाका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको संघले जनाएको छ ।

कार्यक्रम बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा प्रखुम आतिथ्यता एवम् मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामाको सभाध्यक्षतामा भएको थियो ।