समाचार

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौँ ।  द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका हुन् । यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति...

भीमफेदीमा ट्याक्टर दुर्घटना, हेटौंडाका रुम्बा गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ खोप्लाङमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दिउँसो हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना २ त ७५५८ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका हुन् । घाइते हुनेमा ट्याक्टरमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्वर...

बकैयामा युवा उद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण सुरु

मकवानपुर । बकैया गाउँपालिकाका कृषकहरुको लागि कृषि उद्यमशीलता विकास सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । गाउँपालिकाको आयोजना र बकैया जेसीजको समन्वयमा स्थानीय कृषकहरुलाई कृषि उद्यमशीलतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले असार ४ र ५ गते गरी दुई दिन अभिमुखिकरण आयोजना गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन...

मकवानपुरको लटरम्भेश्वर मन्दिर नजिकै एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको लटरम्भेश्वर मन्दिर नजिकै आज दिउँसो एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ८ र बकैया गाउँपालिका वडा नम्वर १२ को सिमानामा रहेको उक्त मन्दिर नजिकै एक जनाको शव फेला गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हाल घटनास्थल सुरक्षित राखिएको...

हेटौंडाका न्यौपाने सम्मानित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चुच्चेखोलाका सरोज न्यौपाने सम्मानित भएका छन् । स्थानीय कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले एक कार्यक्रमबीच न्यौपानेलाई सम्मान गरेको हो । सहकारीले आफ्नो संस्थालाई एक थान एलईडी टिभी प्रदान गरेको भन्दै न्यौपानेलाई सम्मान गरेको जनाएको छ । यस्तै, संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीलाई...

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक करणी, दुई जना पक्राउ

दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक जबरजस्ती करणी भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि जबरजस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी...

साइकलबाट लडेर एक जनाको मृत्यु

रोल्पा । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका वडा नम्वर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर...

सामाजिक सुरक्षा कोषबाट झण्डै डेढ अर्ब दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको जनाएको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको जनाएको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६...

पोर्चुगलमा एक नेपालीको मृत्यु

चितवन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीकाृ मृत्यु भएको छ । विगत ४ वर्षदेखि पोर्चुगल बस्दै आएका चितवनको भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अनुसार, सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु...

पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात संचालन

मकवानपुर । पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ४ पान्द्राङमा गएराति वर्षासँगै आएको आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुबैतर्फी रुपमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । हेटौंडाबाट संघीय राजधानी काठमाडौं...