हेटौंडाका न्यौपाने सम्मानित
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चुच्चेखोलाका सरोज न्यौपाने सम्मानित भएका छन् । स्थानीय कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले एक कार्यक्रमबीच न्यौपानेलाई सम्मान गरेको हो ।
सहकारीले आफ्नो संस्थालाई एक थान एलईडी टिभी प्रदान गरेको भन्दै न्यौपानेलाई सम्मान गरेको जनाएको छ । यस्तै, संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आफूले टिभी सहयोग गरेको न्यौपानेले बताए । उनले भविष्यमा पनि संस्थालाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष उदय बिडारी, निवर्तमान अध्यक्ष गौरबकुमार पराजुली, ब्यवस्थापक भीमसेन पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–६ का अध्यक्ष केशव धिताल, शेयर सदस्य प्रदीप ढुङगाना लगायतको सहभागिता रहेको थियो ।
