समाचार

डेंगु संक्रमित बिरामीको मृत्यु

धादिङ । धादिङमा डेंगुको उपचाररत एक बिरामीको मृत्यु भएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्वर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो...

आजको मौसम : केही स्थानमा भारी वर्षा, सतर्क अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानसमान महाशाखाले हाल देशको प्रदेश नम्वर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाका अनुसार, हाल प्रदेश १, मधेस...

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा यातायात संचालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गमा यातायात संचालनमा आएको छ । चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध राजमार्गमा आज बिहानदेखि दुबैतर्फी रुपमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र...

ब्ल्याकमेल गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८...

यी चार तरिकाबाट हेर्न सकिन्छ विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । आइपीओ कम्पनीको आधिकारी वेबसाइट https://bindhyabasinihydro.com.np/, बिक्री प्रबन्धको वेबसाइट...

मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग भएको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको जनाएको छ । विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो । बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो...

‘एसपीपीमा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई...

थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र...

प्रधानमन्त्री देउवाद्वारा जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् । जनता...

मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विहिबारदेखि राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन गरेको छ । कार्यालयले विहिबार एक सूचना जारी गर्दै असार १ गते राति बर्षासँगै परको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटर समेतका मेशिनहरु विग्रिएकाले दर्ता प्रक्रिया हालाई स्थगित गरिएको जनाएको छ । अर्को सूचना नभएसम्मका लागि...