पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा यातायात संचालन

तु खबर संवाददाता
२०७९ असार ४, शनिबार ०८:३०
file photo

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गमा यातायात संचालनमा आएको छ । चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध राजमार्गमा आज बिहानदेखि दुबैतर्फी रुपमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।