समाचार
प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची...
पश्चिम बंगालमा रेलको ठक्करबाट नेपालीको मृत्यु
झापा । भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको ज्यान गएको छ । रेलको ठक्करबाट झापाको मेचीनगर वडा नम्वर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको जनाएको छ । भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८ः१० बजेतिर ठक्कर...
पहिराले बगाउँदा दुई जना बेपत्ता
काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । गएराति वर्षासँगै आएको पहिरोमा पुरिएर स्थानीय तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बेपत्ता तुलसा र यशोदा सासुबुहारी हुन् । प्रहरीका अनुसार, यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर...
प्रदेश सरकारले दिगो विकासको अवधारणालाई आत्मसाथ गरेर बजेट ल्याएको छ : मन्त्री जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारले दिगो विकासको अवधारणालाई आत्मसाथ गरेर बजेट ल्याएको बताएका छन् । मन्त्री जम्मकट्टेलले प्रदेशसभाको बिहीबार बसेको दोस्रो बैठकमा बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । मन्त्री जम्मकट्टेलले प्रदेश सरकारले ल्याएको बजेटलाई चुनाव केन्द्रीत...
एस्ट्रोनोभा फाउण्डेशनको आयोजनामा ११ दिने कार्यशाला सुरु
मकवानपुर । एस्ट्रोनोभा फाउन्डेशन नेपालले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि ११ दिने रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी कार्यशाला आयोजना गरेको छ । बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका सचिव यमलाल भुसालले सो सो कार्यशालाको औपचारिक रुपमा...
मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य स्थगित
मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने कार्य स्थगित गरिएको छ । चट्याङका कारण मेशिनहरु बिग्रीएकोले अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यायलले बिहीबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी सूचनामा गएराति वर्षासँगै...
मकवानपुरका जनप्रतिनिधिहरुलाई सम्मान
मकवानपुर । गैर सरकारी महासंघ मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । महासंघले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । गैसस महासंघका अध्यक्ष डा. कृष्ण प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमिला सापकोटाले स्वागत भनाई राखेकी थिइन्...
आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण
मकवानपुर । गोरख बहादुर गण, सुपारेटार व्यारेक हेटौंडाले आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । एक दिनमा एक लाख विरुवा वृक्षारोपण गर्ने कार्यक्रम अनुसार बिहीबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र जिल्ला वन कार्यालय मकवानपुरको समन्वयमा जिल्लाको विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो । प्रमुख...
अभिनेत्री थापाद्वारा हेटौंडामा द ल्याभेण्डर स्टुडियोको उद्घाटन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा द ल्याभेण्डर स्टुडियोको उद्घाटन गरिएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बिपना थापाले बिहीबार एक कार्यक्रमबीच उक्त स्टुडियोको उद्घाटन गरेकी हुन् । प्रियंका बलामीले संचालन गरेको उक्त स्टुडियोमा अर्डर अनुसार साडी, कुर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका...
नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले धनगढीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २१ वर्षीय रामदास राना र १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरू मामा–भान्जा हुन् । प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा रानाले बि युनिक नामक फोटो स्टुडियो...









