समाचार

फट्के तर्दा सेती नदीमा खसेर गर्भवती मृत्यु

डोटी । डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाँउपालिका वडा नम्वर ६ की १८ वर्षीया ढुल्लु अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार, अधिकारीको रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा...

बिहीबार १२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजार आज सामान्य सुधार आएको छ । बुधबार २९.८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको नेप्से आज १२.५७ अंकले बढेर ०.६४ प्रतिशतले बढेर १९७८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच...

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललित कुमार घलान निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार, घलान १७ मतसहित जिसस प्रमुख पदमा निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ ३ मतसहित...

जिसस मकवानपुर : सबै मतदाताले गरे मतदान

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनमा शत प्रतिशत मतदाताहरु मतदान प्रक्रियामा सहभागी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार, मकवानपुरको १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जना मतदाताहरुले मतदान गरेका छन् । बिहान १० बजेबाट...

जिसस मकवानपुरको मतदान आज

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मतदान आज (बिहीबार) हुँदैछ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज बिहान १० बजेदेखि २ बजेसम्म मतदान कार्यक्रमको लागि समय तोकेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । उनका...

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्न ८ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको लागि ४ अर्ब ८९ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको विकासका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिए । हेटौडा,...

बागमती प्रदेश : मकवानपुरमा ट्रक पार्क निर्माण गर्न बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरमा ट्रक पार्क निर्माण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेट प्रस्तुत गर्दै यातायात व्यवसायीसँगको सहकार्यमा मकवानपुरको उपयुक्त स्थानमा सुविधा सम्पन्न ट्रक पार्क निर्माण कार्य अगाडि बढाउन...

बागमती प्रदेश : सामाजिक विकास मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७७ करोड बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको लागि ३ अर्ब ७७ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबारको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् । प्रदेश...

बागमती प्रदेशसभा बैठक : अनुमानित बजेटको प्रस्ताव टेबुल

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत अनुमानित बजेटको प्रस्तावप टेबुल भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फ सार्वजनिकरण आव बजेटको प्रस्ताव छलफलका लागि टेबुल गरेका हुन् । यस्तै, उनले सरकारको चालु आर्थिक वर्ष २०७८/०७९...

बागमती प्रदेश : हेर्नुहोस् अनुमानित बजेटको पूर्णपाठ

मकवानपुुर । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक...