समाचार

हेटौंडाका गोलेसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा १६ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तीपुरबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१९ बस्ने ४० वर्षीय किताब सिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने ३२ वर्षीय बिक्रम कुमार गोले...

नेप्से २९ अंकले घट्यो, १ अर्ब ४९ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा गिरावट आएको छ । केही दिनयता लगातार घटिरहेको नेप्से बुधबार परिसूचक २९.८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको छ । यसअघि मंगलबार ३६.०७ अंकले घटेर इन्डेक्स १९९६ सयको विन्दुमा पुगेर रोकिएको थियो । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२...

जिसस मकवानपुर : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान...

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण भीमफेदी–८ महादेवीटारमा पहिरो जाँदा कान्तिराजपथ अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा मंगलबार आएको पहिरोका कारण अवरुद्ध सडकखण्ड अझै...

हेटौंडामा असार ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा असार ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा हुने भएको हो । हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल संचालन हुने भएको आयोजकले जनाएको...

सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने ४ जना विद्यार्थी पक्राउ

काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने जोसेन बानियाँ, रामेछापको मन्थली घर...

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय साठी रुपैयाँ र बिक्री दर एक सय साठी रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४८ पैसा र बिक्री...

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाल हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाका अनुसार, दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी...

आजबाट खारेज भयो आइतबारको सार्वजनिक विदा

काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले साताको दुई दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको हो । लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आजको बैठकमा पनि ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ...