समाचार
निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन गर्ने
काठमाडौं । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएसँगै स्थगित भएको मतदाता नामावली संकलन कार्य आजबाट पुनः सुरु हुने भएको हो । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको...
आज बागमती प्रदेश सरकारले बजेट ल्याउँदै
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आवको बजेट...
एमालेको अनुशासन आयोगले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । आयोगको मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । पार्टी भित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका...
ब्राउन सुगरसहित २ युवा पक्राउ
झापा । प्रहरीले झापाबाट ८ ग्राम ५२ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१२ हापाडाँगी बस्ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी...
निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक (निमावि) तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक आयोगले मिति २०७८ चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता असार २१ गते हुने...
जनप्रिय माविमा गणित विषयको अत्याधुनिक ल्याव उद्घाटन
मकवानपुर । जिल्लाकै पहिलो नमूना विद्यालय जनप्रिय मावि हेटौंडा १६ मा गणित विषय शिक्षणका लागि अत्याधुनिक ल्यावको आज उद्घाटन भएको छ । गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको ल्यावको हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यतामा आज उद्घाटन गरिएको हो । गणित विषय...
एमालेको अवरोधपछि संसद बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । विनियोजन विधेयकमाथिको छलफलका लागि बोलाइएको मंगलबारको बैठकमा एमालेले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमालेका सांसदहरुले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको...
थप १२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ९३
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३४१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८...
पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् । काठमाडौंको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठलाई प्रहरी टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो । श्रेष्ठमाथि पोर्चुगल...
प्रतिनिधिसभाको चुनाव मंसिरको पहिलो साता गर्ने आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आगामी मंसिरको पहिलो साता गर्ने तयारी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको जानकारी दिए ।...









