प्रतिनिधिसभाको चुनाव मंसिरको पहिलो साता गर्ने आयोगको तयारी

तु खबर संवाददाता
२०७९ जेष्ठ ३१,मंगलवार १७:०९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आगामी मंसिरको पहिलो साता गर्ने तयारी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।

सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको जानकारी दिए । उनले चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने बताए । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने बताए ।