समाचार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विक पक्राउ

पाल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि...

जग्गा रोक्का राख्न नपाइने, बैंकमा धितो राखेर ऋण लिन ठप्प

काठमाडौँ । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने निर्णय गरेसँगै बैंकमा जग्गा धितो राखेर ऋण लिन नपाइने भएको छ । मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको थियो । मन्त्रालयका...

मुख्यमन्त्री पाण्डेद्वारा लोकसेवा आयोगको प्रतिवेशन पेश

मकवानपुर । बागमती प्रदेशसभाको मंगलबार बसेको दशौँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०७८/०७९ को प्रदेश आर्थिक सर्वेक्षण प्रस्तुत गरिनुको साथै विभिन्न प्रतिवेशनहरु पेश गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल,...

मंगलबार ३६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । केही दिनयता लगातार घटिरहेको नेप्से मंगलबार ३६.०७ अंकले गिरावट आएको हो । यसअघि सोमबार १५.८२ अंकले घटेर २०३२.३४ अंकमा पुगेको नेप्से आज ३६ अंकले घटेर इन्डेक्स १९९६ सयको विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २३२...

बागमती प्रदेशसभाः अर्थमन्त्री जम्मकट्टेलद्वारा आगामी आवको आर्थिक सर्वेक्षण प्रस्तुत

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेश गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उनले आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती...

कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनलाई दिने

काठमाडौं । सरकारले कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनलाई छाप्न दिने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सो बारे जानकारी गराएका हुन् । यसअघि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट...

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ । संसदीय दलका उप नेता कृष्णलाल भँडेलको अध्यक्षता एवं संसदीय दलका नेता...

हेटौँडा अस्पताल: जनशक्ति र पूर्वाधार अभावले समस्या

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचारको लागि आउने बिरामीको चापको अनुपातमा दक्ष स्वास्थ्य जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् । स्वीकृत वेड संख्या ५० मात्रै भएपनि अस्पताल विकास समितिले ६० थप गरी कूल ११० वेड क्षमतामा...

करेन्ट लागेर दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देही र पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर रुपन्देहीको सैनामैना नगरपालिका –७ देवीटोलका ५५ वर्षीय इन्द्रबहादुर काउछा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –३ निवासी ६५ वर्षीय केशवबहादुर मल्लको मृत्यु भएको हो । रुपन्देहीका काउछाको आफ्नो बंगुर फर्ममा सफा गर्ने क्रमममा करेन्ट...

जिसस मकवानपुर : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने,...