समाचार

थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २११ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार...

सोमबार १५ अंकले घट्यो नेप्से, ९९ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा पुगेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम ९९ करोडमा...

जिसस मकवानपुर निर्वाचन : हालसम्म ९ जनाको मनोनयन दर्ता

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन अन्तर्गत नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मनोनयन दर्ता हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १ बजेबाट सुरु भएको मनोनयन दर्ता हाल जारी छ । यस समाचार तयार पार्दासम्म विभिन्न पदका लागि ९ जनाले...

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

कास्की । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम पास भएको हो । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेक थिए । त्यसपछि...

मकवानपुरका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ चुनियाबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार ९६ किलो ८४० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्वर २ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा,...

वडा सदस्य अधिकारीले गरे व्यक्तिगत खर्चमा २५ जना बालबालिकाको विद्यालय भर्ना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का नवनिर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारीले आफ्नो व्यक्तिगत लगानीमा वडाका २५ जना विपन्न बालबालिकाको विद्यालय भर्ना गराएका छन् । वडाको गैरीगाउँ, राईटोलका कक्षा नर्सरीदेखि ८ सम्मका १६ छात्रासहित २५ बालबालिकालाई आज जनप्रिय माध्यमिक विद्यालयमा भर्ना गर्नका लागि एकमुष्ट रकम अभिभावकमार्फत हस्तान्तरण गरिएको...

हेटौंडामा बसको ठक्करबाट अटो चालकको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सडकखण्डमा हेटौंडामा बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । आज बिहान २ बजे हेटौंडाबाट पतलैया जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ अ ६४ नम्बरको अटोलाई ठक्कर दिँदा बाराको...

बागमती प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधि हेटौंडामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्वाधार विकासमा मात्रै नभई समग्र विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि हेटौंडामा आयोजित अभिमुखिकरणको उद्घाटन गर्दै उनले ‘डोजरे’ विकासबाट बाहिर निस्कन आग्रह गरे । मुख्यमन्त्री पाण्डेले स्थानीय तहमा...

मउवा संघका उपाध्यक्ष अधिकारी कांग्रेस प्रवेश

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज पार्टीको सदस्यता प्रदान गरेका हुन् । अधिकारीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपाली कांग्रेस सधैं व्यवसायीहरुको समस्या समाधानमा तत्पर रहेको बताए । कांग्रेसले नै आर्थिक...

बागमती प्रदेशसभा : आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकको कार्यसूची तयार पार्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने कार्यव्यवस्था परामर्शको बैठकले गत जेठ २० गतेको प्रदेशसभा बैठकले विभिन्न समितिहरुमा दफावार...