सोमबार १५ अंकले घट्यो नेप्से, ९९ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ जेष्ठ ३०,सोमबार १७:०८

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा पुगेको छ ।

साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम ९९ करोडमा सीमित हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी इनभेष्टमेन्ट समूहको उपसूचक १.३८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम अन्य समूहको ०.१ प्रतिशतले मात्र घटेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मनास्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाएका छन् ।