गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

तु खबर संवाददाता
२०७९ जेष्ठ ३०,सोमबार १६:१०
file-photo

कास्की । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम पास भएको हो ।

गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेक थिए । त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।

प्रदेश सरकारले असार १ गते आगामी आवको लागि बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी आवको लागि ३६ देखि ३८ अर्ब रुपैयाँ बराबरीको बजेट ल्याउने तयारी गरेको छ ।