समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५...

सवारी अनुमति पत्रमा वर्ग थप गर्न आवेदन खुल्ला

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वर्ग थपका लागि आवेदन खुल्ला गरेको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुल्ला गरेको हो । विभाग अन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न...

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएकोे प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको छ । कार्य व्यवस्था परामर्श समिति बैठकको कार्यसूची...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाका अनुसार,हाल प्रदेश नं १ तथा...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात संचालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात संचालनमा आएको छ । सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सडकखण्ड आज बिहानैबाट संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएके छ । प्रहरीका अनुसार, अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको...

ट्याक्टरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

दमक । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ९ वर्षीय गौरव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, ट्याक्टरको ठक्करबाट गम्भीर घाइते उनको...

मकवानपुर गोल्डकपको उपाधी आर्मी क्लबलाई

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । योसँगै मकवानपुर गोल्डकपको उपाधी आर्मीले दोस्रो पटक...

जिसस मकवानपुरः ९ पदका लागि १२ जनाको उम्मेदवारी

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख उपप्रमुख र ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् । प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले...

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नम्वर १२ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्वर १२ बस्‍ने ५६ वर्षीय डल्ले कामी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले धुम्बाराहीबाट पक्राउ गरेको हो ।...

अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने

काठमाडौं । अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार संचालन हुने भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । नेप्सेका अनुसार, अब साताको ६ दिन नै सेयर कारोबार संचालन हुनेछ । साथै शुक्रबार भने २ घण्टा...