अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ ३०,सोमबार १७:२७

काठमाडौं । अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार संचालन हुने भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

नेप्सेका अनुसार, अब साताको ६ दिन नै सेयर कारोबार संचालन हुनेछ । साथै शुक्रबार भने २ घण्टा मात्रै कारोबार हुने भएको छ । जसअनुसार अब आइतबारदेखि बिहीबारसम्म चार घण्टा र शुक्रबार २ घण्टा सेयर कारोबार हुनेछ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक विदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।