समाचार
मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः खुलाल
मकवानपुर । मदन भण्डारी फाउण्डेसन जिल्ला शाखा मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन भएका छन् । आइतबार हेटौंडामा सम्पन्न फाउण्डेसन मकवानपुरको तेसो अधिवेशनबाट खुलालको अध्यक्षमा १६ सदस्यीय समिति गठन गरेको हो । यस्तै, फाउण्डेसनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोलबहादुर कार्की, उपसचिवमा शिवहरी दाहाल, कोषाध्यक्षमा चन्द्रावती पनेरु अधिकारी चयन भएका...
जिसस मकवानपुर : आज मनोनयन दर्ता
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तरगत आज मनोनयन दर्ता गराउने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मनोनयन दर्ता गराउने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन समितिका अनुसार, आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समयतालिका...
खोलामा डुबेर दुई जनाको मृत्यु
काठमाडौँ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्वर २ स्थित चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला...
मकवानपुर गोल्डकप : आज उपाधीका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् आज (सोमबार) फाइनल खेल हुँदैछ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज घरेलु टोली विजय युथ क्लब हेटौंडा र नेपाल आर्मी क्लबबीच...
प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिने
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ को सन्दर्भमा उठेका प्रश्नमाथि मन्त्रिहरुले जवाफ दिने कार्यसूचि रहेको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि सम्बन्धित मन्त्रीहरुले जवाफ...
झलनाथकै गृह जिल्लामा एमाले र एकीकृत समाजवादीबीच तालमेल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ । एमालेले जिसस प्रमुख...
दिउँसो १ बजे एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार...
राक्सिराङमा नीति कार्यक्रम निर्माण गर्नुपूर्व अन्तरक्रिया
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी अर्थिक वर्षको लागि वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण गर्नुपूर्व आइतबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर प्रजाको प्रमुख अतिथ्यता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रजाले सिमान्तकृत...
४ जना मृत अवस्थामा फेला
काठमाडौं । भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा गरी चार छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराहा नारा खोल्सीमा...
वर्षायाममा हुनसक्ने जोखिमप्रति पूर्व सावधानी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षायाममा बाढी र पहिरोबाट निम्तिने जोखिमप्रति पूर्व सावधानी अपनाइएको जनाएको छ । जिल्लाको प्रत्यक स्थानीय तहमा बाढी र पहिरोको निकै जोखिमयुक्त क्षेत्रहरु रहेको र आजभोली दिनहुँजसो वर्षा भइरहेकोले बाढी र पहिरोका कारण कतै समस्या भइहाले त्यहाँ उद्दारका लागि नेपाली सेना, ससस्त्र प्रहरी र...










